Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

अखिल क्रान्तिकारी र वाइसिएलले संसद घेराउ गर्दै

अखिल क्रान्तिकारी र वाइसिएलले संसद घेराउ गर्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ४, २०७८ बुधवार • ०८:३९:४१ बजे
  • 712
    SHARES
  • अखिल क्रान्तिकारी र वाइसिएलले संसद घेराउ गर्दै

    अनेरास्ववियू (क्रान्तिकारी) र वाइसिएल नेपालले आज संसद भवन घेराउ गर्ने घोषणा गरेको छ ।

    images

    संघीय संसद प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी सम्झौता टेबुल गर्ने तयारी भइरहँदा अखिल क्राान्तिकारी र वाइसिएलले संसद घेराउको घोषणा गरेको हो ।

    यथास्थितिमा एमसीसी टेबुल गर्ने कामलाई राष्ट्रघाती कदम भन्दै दुवै संस्थाले विरोध सभासहितको घेराउ कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ ।

    पूर्वनिर्धारित कार्यक्रम अनुसार आज विहान ११ बजे नयाँ बानेश्वरस्थित होटल एभरेष्ट अगाडी विरोधसभाको आयोजना गरिने वाइसिएलले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology