Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

अज्ञात समूहद्वारा एम्बुलेन्समा आगजनी

अज्ञात समूहद्वारा एम्बुलेन्समा आगजनी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ४, २०७८ बुधवार • ०८:४०:५८ बजे
  • 754
    SHARES
  • अज्ञात समूहद्वारा एम्बुलेन्समा आगजनी

    गुल्मीको मुसिकोटमा अज्ञात समूहले एम्बुलेन्समा आगजनी गरेको छ । मुसिकोट नगरपालिका–४ स्थित आफ्नै घरमा रोकेर राखेको लु २ च २३७८ को एम्बुलेन्समा राति साढे १० बजे आगजनी भएको एम्बुलेन्स चालक शंकर बगालेले बताए ।

    images

    वडा नम्बर ३ र ४ का भारतीय भुतपूर्व सैनिकले एम्बुलेन्स खरिद गरेर वडागाउँ स्वास्थ्यचौकीलाई दिएका थिए ।

    एम्बुलेन्सको आधा भाग जलेपछि स्थानीयले आगो नियन्त्रणमा ल्याउन सफल भएका छन ।

    आगलागीबाट एम्बुलेन्सको इन्जिनको भाग पूरै जलेको छ । अहिलेसम्म प्रहरी घटनास्थल पुगेको छैन। राति नै प्रहरीलाई खबर गरेपनि अहिलेसम्म प्रहरी नआएको स्थानीयले बताए ।

    वामी प्रहरी चौकी इन्चार्ज जनक थापाले गाउँमै अर्को आत्महत्याको घटना भएको र प्रहरी संख्या कम भएकाले केहीबेरमा घटनास्थल पुग्ने बताए ।

  • सम्बन्धित विषय:

  • # एम्बुलेन्समा आगजनी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology