Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

एमसिसी विरुद्धको बन्दप्रति विश्व मञ्चको सक्रिय समर्थन

एमसिसी विरुद्धको बन्दप्रति विश्व मञ्चको सक्रिय समर्थन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ४, २०७८ बुधवार • ०८:४७:४३ बजे
  • 475
    SHARES
  • एमसिसी विरुद्धको बन्दप्रति विश्व मञ्चको सक्रिय समर्थन

    एमसीसीको बिरोध गर्दै पाँच पार्टी र एक मोर्चाको आह्वानमा आज बुधबार नेपाल बन्दको आह्वान गरिएको छ ।

    images

    नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’,नेकपाका महासचिव विप्लव, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेल, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेकपा माओवादी केन्द्र समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुतीले मङ्गलबार अपराह्न संयुक्त विज्ञप्ति जारी गरी बन्दको घोषणा गरेकाहुन ।

    पाच दल र एक मोर्चाले एमसिसीको बिरोध स्वरुप आज गरेको नेपाल बन्दलाइ मालेमाका लागि विश्व मञ्चले समेत ऎक्यवद्धता जनाएको छ । मञ्चले मंगलबार बेलुका एक बिज्ञपति जारी गर्दै केही पैसाका लागि मुलुकको स्वाधीन र स्वतन्त्रता वेच्न खोज्नेहरुका विरुद्ध कडा संघर्षमा उत्रनु पर्नेमा जोड दिएको छ ।

    पाच दल र एक मोर्चाद्धारा जारी बिज्ञाप्तिमा नेपाली जनताको एमसीसी कम्प्याक्टविरोधी सङ्घर्ष र शेरबहादुर देउवा सरकारलगायत अमेरिकी साम्राज्यवादका दलाल एवम् एमसीसी कम्प्याक्टका पिछलग्गुहरूबीचको पेचिलो सङ्घर्षको मोर्चाका क्रममा अमेरिकी साम्राज्यवादको हस्तक्षेप, दबाब एवम् धम्की र देउवा सरकारलगायत राष्ट्रघाती एवम् जनघाती दलालहरूको आत्मसमर्पणका कारण फागुन ४ गते बोलाइएको संसद् बैठकमा एमसीसी कम्प्याक्ट सदनमा टेबुल गर्ने र पारित गर्ने अन्तिम प्रपञ्च गरिराखेकोले नेपाल बन्दको आयोजना मार्फत प्रतिरोध गर्नुपरेको जनाएको छ ।

    मालेमाका लागि विश्व मञ्चको विज्ञप्ति :

    66.jpg

    नेपालका प्रतिक्रियावादी र अमेरिकी साम्राज्यवादका कठ्पुतली  शासकहरूले मिलेनियम च्यालेन्ज कर्पोरेसन mcc संसदमा पेस  गरी पारित गर्ने तयारी गर्दैछ्न ।  यदि यो सम्झौता संसदबाट पारित भयो भने तत्कालिन इस्ट इन्डिया कम्पनिसंग गरिएको सुगौली सन्धिमा गरिएको राष्ट्रघातभन्दा कैयौं गुणा भयानक र खरनाक हुने छ । नेपालका केही अमेरिकी दलालहरूले mcc पास नगरे अर्को राष्ट्रघात हुने लाजमर्दो तर्क गरिरहेकाछ्न भने  केहि दल र mcc ले नेपालको विकासको गर्छ भन्दै जनतालाई थप भ्रमित गरिरहेका छन । 

    अमेरिकाले नेपाली जनतालाई माया गरेर, प्रगति र विकासका लागि नभएर नेपालको सामरिक, भौतिक र रणनितिक महत्वलाई उपयोग गर्न संसदबाट अनुमोदन गर्न चाहन्छ । अमेरिकाले हाम्रो भुमीलाई छिमेकी चिन बिरुद्ध आफ्नो सैनिक क्याम्प बनाउन खोजिरहेको छ । त्यसैले अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले MCC पास नगरे  नेपालसँगको सम्बन्ध पुनर्विचार गर्ने धम्की दिएका छन्  । यसबाट MCC के हो, कस्तो हो र के का लागी हो भन्ने भन्ने छर्लङ्ग भएको छ । लुको धम्कीको घोर निन्दा र भर्त्सना गर्दै साम्राज्यवादका अगाडि नेपाली जनताले कुनैपनी कालखण्डमा  घुँडा नटेकेको इतिहास स्मरण गराउन चाहन्छौ ।

     आदरणीय देशभक्त जनसमुदायहरू केही पैसाको लोभमा मुलुकको  स्वाधिननता र राष्ट्रिय अस्मितालाई बिक्री गर्ने कुरा नेपालीलाई किमार्थ सह्य हुन सक्दैन । 

    अत: नेपाललाई आफ्नो सैन्य क्याम्प बनाउने रणनिती सहित आएको अमेरिकी परियोजना MCC लाई खारेजीका गर्न कडा संघर्षमा उत्रन सम्पुर्ण जनसमुदायमा आह्वान गर्दछौं ।  साथै ६ राजनितिक दलले यहि फानुन ४ गते आह्वान गरेको नेपाल बन्दलाई समर्थन गर्दै यसलाई सफल पार्न सबैमा अपिल गर्दछौं ।। 

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology