प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज संसदमा एमसीसी टेबल नगर्ने सहमति भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा आज संसदमा एमसीसी टेबल नगर्ने सहमति भएको हो । प्रधानमन्त्री देउवा आजको संसद बैठकमा एमसीसी टेबल गर्ने पक्षमा थिए ।
माओवादी संसदीय दलको बैठकले एमसीसी यथास्थितिमा टेबल गरे सरकरा छाड्ने निर्णय गरेपछि प्रधानमन्त्री व्याक भएका हुन् । एमसीसीका सवालमा भोलि दिउँसो ३ बजे गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्ने दुई नेताबीच सहमति भएको छ ।
प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच भेट भएको र गठबन्धनका शीर्ष नेताहरुबीच भोलि बैठक बस्ने सहमति भएको प्रचण्डका स्वकीय सचिव गंगा दाहालले जानकारी दिए ।
संसदीय दलको बैठक सकेर सिधै बालुवाटार पुगेका प्रचण्डले दलको निर्णयबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसीसी टेबल जवर्जस्ती गरे सरकार छाड्ने निर्णय गरेको थियो ।
तत्काल एमसीसी अनुमोदन प्रस्ताव अघि नबढाउने कार्यव्यवस्था समितिको निर्णय प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिले तत्काल एमसीसी सम्झौता अनुमोदन प्रस्ताव अघि नबढाउने निर्णय गरेको छ ।
एमसीसी सम्झौता अनुमोदनका लागि ३० असार २०७६मा दर्ता भएको प्रस्तावलाई बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा पेस गर्ने तयारी गरिएको थियो ।
माओवादी केन्द्रसहित गठबन्धनका दलहरूको असहमति भएपछि कार्यव्यवस्था परामर्श समितिले सो निर्णय गरेको हो । कार्यव्यवस्था परामर्श समितिको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने निर्णय गरेको छ ।