Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

एमसीसी रोक्न प्रचण्डको प्रयास, देउवाले नमाने आजै सरकार छाड्ने

एमसीसी रोक्न प्रचण्डको प्रयास, देउवाले नमाने आजै सरकार छाड्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ४, २०७८ बुधवार • १३:४६:१५ बजे
  • 877
    SHARES
  • एमसीसी रोक्न प्रचण्डको प्रयास, देउवाले नमाने आजै सरकार छाड्ने

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमसीसी टेबल हुनबाट रोक्न अन्तिम प्रयासमा जुटेका छन् ।

    images

    त्यसका लागि अध्यक्ष प्रचण्ड पार्टी संसदीय दलको बैठक लगत्तै प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा भेट्न बालुवाटार पुगेका छन् ।

    बालुवाटार पुगेर प्रचण्डले गठबन्धनमै सहमति नजुटेकाले एमसीसी टेबल नगर्न प्रधानमन्त्री देउवालाई आग्रह गर्ने दलको बैठकमा आफ्ना सांसदलाई जानकारी गराएका छन् ।

    यदि प्रधानमन्त्री देउवाले प्रचण्डको आग्रह अस्वीकार गरी एमसीसी टेबल गरिए गठबन्धन र सरकार छाड्ने माओवादीको तयारी छ । माओवादी संसदीय दलको बैठकले यथास्थितिमा एमसीसीको विपक्षमा उभिने निर्णय गरेको छ ।

    सोही निर्णय सुनाउन र देउवालाई मनाउन प्रचण्ड अन्तिम प्रयासस्वरुप बालुवाटार पुगेको माओवादी केन्द्रका सांसद रामेश्वर राय यादवले रातोपाटीलाई बताए ।

    अर्का सांसद तथा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले गठबन्धनमै सहमति नभई एमसीसी अघि बढे माओवादीले गठबन्धन र सरकार दुवै छोड्ने निर्णय भएको जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # आजै सरकार छाड्ने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology