Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

बलात्कारको आरोप लागेका एमाले नेता सांसद् बानियाँलाई पक्राउ पुर्जी जारी

बलात्कारको आरोप लागेका एमाले नेता सांसद् बानियाँलाई पक्राउ पुर्जी जारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ४, २०७८ बुधवार • १९:४८:४० बजे
  • 499
    SHARES
  • बलात्कारको आरोप लागेका एमाले  नेता सांसद् बानियाँलाई पक्राउ पुर्जी जारी

    नेकपा (एमाले)का नेता एवम् मुगुका सांसद् मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

    images

    जुम्लाकी एक ४० वर्षीया शिक्षिकाले पूर्वमन्त्रीसमेत रहेका बानियाँले बाँकेस्थित अप्सरा होटलमा जबरजस्ती करणी गरेको मुद्दा जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गर्न आदेश दिएको हो ।

    महिलाको जाहेरीको आधारमा गत बिहीबार बानियाँविरुद्ध जबरजस्ती करणी मुद्दा जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुसुदन न्यौपानले बताए ।

    डिएसपी न्यौपानेले आरोपित बानियाँको खोजी भइरहेको बताए ।

    पीडित शिक्षिकाले भने आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्छु भनेर होटलमा बोलाएको र त्यही होटलमा बिहानीपख जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेकी छन् ।

  • सम्बन्धित विषय:

  • # बलात्कारको आरोप
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology