Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमसिसी: सत्ता गठबन्धनकै घेराबन्दीमा देउवा

एमसिसी: सत्ता गठबन्धनकै घेराबन्दीमा देउवा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ५, २०७८ बिहिवार • ०८:४८:४० बजे
  • 1.0K
    SHARES
  • एमसिसी: सत्ता गठबन्धनकै घेराबन्दीमा देउवा

    एमसिसीको विषयलाई लिएर सत्ता गठबन्धनभित्रैबाट प्रधानमन्त्री शेरबहादुर देउवा घेराबन्दीमा परेका छन्। सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी ९एस० र राष्ट्रिय जनमोर्चाको घेराबन्दीमा प्रधानमन्त्री परेका हुन् ।

    images

    एमसिसीबारे सरकारमा रहेका दलहरूबीच फरकफरक धारणा सार्वजनिक मात्रै भएका छैनन्, गठबन्धन दलकै नेताकार्यकर्ता सडक आन्दोलनमा उत्रिएका छन् ।

    प्रतिनिधिसभामा बुधबार एमसिसी सम्झौता पेस गर्ने तयारीमा रहेका प्रधानमन्त्री देउवा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधव नेपालले सहमतिबिना अघि बढे गठबन्धन टुट्ने धम्की दिएपछि त्यसबाट पछि हटेका छन् ।

    ‘विगतदेखि नै माओवादी र नेकपा एसको धारणा स्पष्ट छ। संशोधनबिना एमसिसी सदनमा पेस गर्नुहुँदैन। गठबन्धन दलहरूबीच सहमति नगरी प्रधानमन्त्री एक्लै अघि बढ्न खोज्नुभयो ।

    प्रधानमन्त्री एक्लै अघि बढ्नु भनेको गठबन्धन टुट्नु नै हो,’ माओवादी संसदीय दलका प्रमुख सचेतक देव गुरुङले भने।

    माओवादी संसदीय दलको बुधबार बसेको बैठकले एमसिसी सम्झौता संशोधनबिना सदनमा पेस गर्न नहुने र प्रधानमन्त्री एक्लै अघि बढे सरकार छाड्ने निर्णय गरेको छ।

    यो खबर आजको नागरिक दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # घेराबन्दीमा देउवा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology