माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफुहरु सत्ता गठबन्धन जोगाउने जोडमा रहेको बताएका छन् ।
गठबन्धनको बैठकअघि बिहीबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेता राजेन्द्र श्रेष्ठसँग छलफलपछि अध्यक्ष प्रचण्डले आफूहरूको जोड गठबन्धन बचाउनेमै रहेको बताए ।
‘हाम्रो संयन्त्रको आज ५ बजे मिटिङ छ । त्यसैको तयारीका बारेमा अहिले छलफल भयो’ अध्यक्ष प्रचण्डले भने । ‘आज एउटा निचोड र निकास निकाल्नेतिर हाम्रो जोड रहेको छ ।
सकेसम्म यो गठबन्धन बचाउनेमै छ ।’ तीन नेताको छलफलमा गठबन्धनको बैठकका एजेण्डाबारे छलफल भएको छ ।