Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

जेष्ठदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवसायीक उडान सुरु गर्ने तयारी

जेष्ठदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवसायीक उडान सुरु गर्ने तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ५, २०७८ बिहिवार • १९:२९:४४ बजे
  • 748
    SHARES
  • जेष्ठदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवसायीक उडान सुरु गर्ने तयारी

    नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेष्ठदेखि व्यवसायीक उडान सुरु गर्ने तयारी गरेको छ ।

    images

    बिहबिार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडानपछि व्यवसायीक उडानको तयारी गरिने जानकारी दिएको हो ।

    पत्रकार सम्मेलनमा प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले विमानस्थलमा शुक्रबारबाट क्यालिब्रेसन उडान सुरु हुने र त्यसपछि व्यवसायीक उडानको तयारी हुने बताए ।

    अन्तराष्ट्रिय व्यवसायीक उडानका लागि आवश्यक प्याकेज ल्याउने पनि उनले जानकारी दिए । अहिले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलले केहि बर्षमा यात्रुको संख्या धान्न नसक्ने भएकाले यसको बिकल्प भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुने उहाले बताए ।

    महानिर्देशक अधिकारीले बिमानस्थल सञ्चालनसंगै काठमाडौंमा हुने डाइभर्ट उडानलाई पनि सहज हुने धारणा राख्नुभयो । उहाले अर्को टर्मिलन भवन निर्माणका लागि छिटै बोलपत्र आह्वान गरिने र आगामी असोजबाट सुरु हुने जानकारी दिए ।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइटका लागि बिहीबार नै थाइल्याण्डबाट यरो थाइको जहाज नेपाल आइपुगेको छ । उक्त बिमानस्थल सन २०१४ मा निर्माण सुरु भएको थियो ।

  • सम्बन्धित विषय:

  • # उडान सुरु गर्ने तयारी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology