Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

एमसीसी : भोलि संसदमा टेबल नगर्ने गठबन्धनको निर्णय

एमसीसी : भोलि संसदमा टेबल नगर्ने गठबन्धनको निर्णय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ५, २०७८ बिहिवार • २०:५६:४९ बजे
  • 2.0K
    SHARES
  • एमसीसी : भोलि संसदमा टेबल नगर्ने गठबन्धनको निर्णय

    एमसीसीबारे छलफल गर्न बसेको सत्तारूढ गठबन्धनको बैठक सकिएको छ । बिहीबार साँझ बालुवाटारमा बसेको बैठकले एमसिसी भोलि पनि संसदमा टेबल नहुने बैठकले निर्णय गरेको छ ।

    images

    सत्ता गठबन्धनमा कांग्रेस एमसिसी टेबल गर्ने पक्षमा अभिएको छ । माओवादी केन्द्र, एकीकृत समाजवादी भने विपक्षमा उभिएको थियो ।

    यस्तै बुधबार बसेको माओवादीको संसदीय दलको बैठकले जबरजस्ती एमसिसी पारित गर्न खोजे सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

    बैठकमा नेपाली कांग्रेसबाट प्रधानमन्त्री देउवा, नेताहरू कृष्णप्रसाद सिटौला, गगन थापा, पूर्णबहादुर खड्का, कानुन मन्त्री दिलेन्द्रप्रसाद बडु, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीबाट बाबुराम भट्टराई सहभागी थिए । यस्तै जसपाका अध्यक्ष उपेन्द्र यादव भने सहभागी छैनन्।

    उनी राजधानीबाहिर भएकाले उपस्थित हुन सकेनन्। एक नेताका अनुसार गठबन्धनका शिर्ष नेतृत्वको बैठक भोलि बिहान ९ बजे वालुवाटार बोलाइएको छ ।

  • सम्बन्धित विषय:

  • # गठबन्धनको निर्णय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology