सत्ता गठबन्धनका तीन दलका नेताहरूको छुट्टै बैठक सुरू भएको छ ।
सरकारको नेतृत्व गरिरहेको दल कांग्रेसले एमसीसी टेबल गर्ने तयारी गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड निवास खुमलटारमा सत्ता गठबन्धनका तीनदलका शीर्ष नेताहरूका बैठक बसेको हो ।
खुमलटारमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र जसपाका उपेन्द्र यादव पुगेका छन् । बैठकमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी छन् ।
प्रधानमन्त्री शेरबादुर देउवा एमसिसी टेबल गर्ने पक्षमा छन् । सो प्रस्ताव संसदमा संशोधन नगरी टेबल गर्ने हो भने सरकार छाड्ने माओवादी केन्द्रले यसअघि नै निर्णय गरिसकेको छ ।
आज बिहान १० बजेपछि सत्ता गठबन्धन बैठक बस्नुअघि एमसीसी विपक्षमा रहेका दलहरूको बैठक बसेको हो । प्रधानमन्त्री देउवा आजै एमसिसी टेवल गर्ने निष्कर्षमा पुगे भने सत्ता गठबन्धन छाड्ने तीन दलको तयारी रहेको छ ।