Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

आज प्रतिनिधिसभाको बैठक बस्दै, कार्यसूचीमा परेन एमसीसी

आज प्रतिनिधिसभाको बैठक बस्दै, कार्यसूचीमा परेन एमसीसी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ६, २०७८ शुक्रवार • ०९:३८:४६ बजे
  • 940
    SHARES
  • आज प्रतिनिधिसभाको बैठक बस्दै, कार्यसूचीमा परेन एमसीसी

    प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक दिउसो १ बजे बस्ने पक्का भएको हो ।

    images

    आज बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल गर्ने चर्चा रहेपनि संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा भने परेको छैन । यद्यपि सभामुख अग्निप्रसाद सापकोटाले संसदको कार्यव्यवस्था समितिको बैठक संसद बैठकअघि नै बोलाएका छन् ।

    उक्त बैठकले एमसीसी टेबुल गर्नेबारे निर्णय गर्नसक्ने आकलन पनि गरिएको छ ।

    त्यस्तै सत्ता गठबन्धनको बैठक पनि आजै बिहान १० बजे बस्ने भएको छ । सत्ता गठबन्धनले पनि एमसीसीबारे महत्वपूर्ण निर्णय गर्ने आशा गरिएको छ ।

    बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन आव २०७७\०७८ पेस गर्ने सम्भावित कार्यसूचीमा परेको छ ।

    उता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने लामो समयदेखि संसद अबरुद्ध गर्दै आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष ओलीसँग बालकोट पुगेर भेट गरेका थिए ।

    उक्त भेटपछि प्रधानमन्त्री देउवाले महत्वपूर्ण कदम चाल्ने आंकलन गरिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology