Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

राजनीति

नेकपा अध्यक्षद्वय ओली-प्रचण्डबीच बालुवाटारमा छलफल सुरु

नेकपा अध्यक्षद्वय ओली-प्रचण्डबीच बालुवाटारमा छलफल सुरु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ९, २०७७ मंगलवार • ११:०४:५० बजे
  • 1.0K
    SHARES
  • नेकपा अध्यक्षद्वय ओली-प्रचण्डबीच बालुवाटारमा छलफल सुरु

     नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कार्यदलको प्रतिवेदनबारे छलफल सुरु भएको छ ।

    images
     

    कार्यदलले बुझाएको प्रतिवेदन अध्ययनपछि त्यसको व्यवहारिक कार्यन्वयनबारे दुई अध्यक्षबीच छलफल सुरु भएको हो । आजदेखि अध्यक्षद्वयले एजेण्डागत छलफल गर्ने र आवश्यक परिमार्जनपछि सचिवालय बैठकमा प्रस्तुत हुनेछ ।

    सचिवालय बैठकमा आवश्यक छलफलपछि स्थायी कमिटी बैठकमा नियमित एजेण्डासँगै कार्यदलको प्रतिवेदनका विषयमा पनि छलफल गर्ने तयारी छ ।

    ओली प्रचण्डले अन्तरिक विवाद समाधान गर्न गत साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्व ६ सदस्यीय कार्यदल गठन गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology