Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

एमसीसीविरुद्ध माओवादी केन्द्रका भ्रातृ संस्थाले आज पनि प्रदर्शन गर्दै

एमसीसीविरुद्ध माओवादी केन्द्रका भ्रातृ संस्थाले आज पनि प्रदर्शन गर्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ६, २०७८ शुक्रवार • ०९:४५:२७ बजे
  • 1.0K
    SHARES
  • एमसीसीविरुद्ध माओवादी केन्द्रका भ्रातृ संस्थाले आज पनि प्रदर्शन गर्दै

    प्रमुख सत्ता साझेदार माओवादी केन्द्रका भ्रातृ संगठनले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध प्रदर्शन गर्ने भएको छ ।

    images

    शुक्रबार मध्यान्ह १२ बजे माओवादी केन्द्रका भ्रातृ संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल) र अनेरास्ववियु (क्रान्तिकारी)ले नयाँ बानेश्वरमा प्रदर्शन गर्ने लागेका हुन् ।

    वाइसिएलका इन्चार्ज रामप्रसाद सापकोटा दिपशिखाले एमसिसीविरुद्ध आज १२ बजे नयाँ बानेश्वरको एभरेष्ट होटल अगाडि प्रदर्शन गरिने बताए ।

    आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गराउन सत्ताको नेतृत्वकर्ता काँग्रेसले जोड गरिरहेका बेला माओवादी केन्द्रका भ्रातृ संस्था आन्दोलनमा उत्रिएका छन् ।

    सत्ता गठबन्धनमा माओवादी केन्द्रले यथास्थितिमा एमसीसी टेबल गराउन नहुने अडान दिएको छ ।

    बुधबार बसेको माओवादी संसदीय दलको बैठकले यथास्थितिमा एमसीसी टेबल गरिए सरकार छोड्ने निर्णय गरेको छ ।

  • सम्बन्धित विषय:

  • # आज पनि प्रदर्शन गर्दै
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology