Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पूर्वी युक्रेनमा गोलाबारी, रुसको हात रहेको युक्रेनी दावी

पूर्वी युक्रेनमा गोलाबारी, रुसको हात रहेको युक्रेनी दावी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ६, २०७८ शुक्रवार • १२:१०:४० बजे
  • 1.3K
    SHARES
  • पूर्वी युक्रेनमा गोलाबारी, रुसको हात रहेको युक्रेनी दावी

    एजेन्सी । पूर्वी युक्रेनको एउटा गाउँमा रुसी समर्थक बिखन्डनकारीले गोलाबारी गरेको विवरण सार्वजनिक भएको छ । रसिया र युक्रेनको बढ्दो तनावबीच पूर्वी युक्रेनको स्ट्यान्टिाय लुगान्स्कामा बिखन्डनकारीले गोलावारी गरेका हुन् ।

    images

    गोलाबारीबाट एउटा किन्डरगार्टेनको पर्खाल भत्किएको छ । २० बालबालिका र १८ कर्मचारी रहेको सो किन्डरगार्टेनमा कुनै मानवीय क्षति भने नभएको जनाइएको छ ।

    गोलावारी सुरु भएपछि चोटपटकबाट बच्न बालबालिका भागेका थिए । गोलाबारीका कारण स्टाफसहितको जिम हल र भवनभित्र रहेका बालबालिका प्रभावित भएको बताइएको छ ।

    गोलाबारी सुरु भएपछि दुई तले भवनभित्र रहेका सबै जना अर्को छेउतिर भागरे भुइ तलाको पर्खालमा लुकेका थिए ।

    राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले भने, ‘किन्डरगार्टेनमा भएको गोलावारी रुस समर्थक फौजले गरेको ठूलो उत्तेजना हो ।’ दोनेस्क र लुगान्सक क्षेत्रमा रुसको समर्थन पाएका विद्रोही र युक्रेनी सेना द्वन्द्वमा छन् ।

    बिहीबार विद्रोहीले ३४ वटा युद्धविराम उल्लंघन गरेको आरोप युक्रेनी सेनाले लगाएको छ । भारी हतियार प्रयोग गर्दा कम्तीमा दुई सैनिक र पाँच जना सर्वसाधारण घाइते भएको पनि उसले जनाएको छ ।

    युक्रेनमा आक्रमण गर्न रुसले ‘गलत झन्डा’ सञ्चालन गर्न सक्ने अमेरिकी राष्ट्रपति जोन बाइडेनले बताइरहेका बेला पछिल्लो घटना भएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology