Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

७२औँ राष्ट्रिय प्रजातन्त्र दिवसः राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

७२औँ राष्ट्रिय प्रजातन्त्र दिवसः राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ७, २०७८ शनिवार • ०८:४७:०४ बजे
  • 478
    SHARES
  • ७२औँ राष्ट्रिय प्रजातन्त्र दिवसः राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

    आज ७२औँ राष्ट्रिय प्रजातन्त्र दिवस । १०४ वर्षे निरङ्‍कुस, जहानिया, तानाशाही र एकतन्त्रीय राणा शासनको अन्त्य गरी नेपालमा प्रजातन्त्र स्थापना भएको थियो । २००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्‍कुस राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ।

    images

    राज्यशक्तिको स्रोत जनता हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई नेपालले स्थापित र कार्यान्वयन गर्न गरिसकेको छ । अर्थात मुलुकमा गणतन्त्र स्थापना भइसकेको छ ।

    प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिएका छन् । राष्ट्रपति भण्डारीले सामाजिक न्याय, समानता र समृद्धिका माध्यमबाट वास्तविक परिवर्तनको अनुभूति जनतालाई गराउनुपर्ने बताएकी छन् ।

    ‘हामीले सधैँ स्मरण गर्नुपर्दछ, प्रजातन्त्र वा लोकतन्त्र जुनसुकै नाम दिए पनि जनतामा आधारित शासन प्रणालीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्नुपर्दछ । हाम्रो संविधानले अवलम्बन गरेको राजनीतिक व्यवस्थाले जनतालाई नै राज्य शक्तिको सम्पूर्ण स्रोत मान्दछ ।’

    राष्ट्रपतिले भनेकी छन् । त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायत राजनीतिक उपलब्धिको संरक्षणमा सबैले जोड दिनुपर्ने बताएका छन् । उनले मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रको रक्षार्थ भएका विभिन्न आन्दोलनहरूमा योगदान गर्ने सबैप्रति सम्मान प्रकट गरेका छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले २००७ सालको राजनीतिक क्रान्तिबाट प्राप्त सफलतामा टेकेर अघि बढ्दै जाँदा नै आज मुलुकमा संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी शासन प्रणाली स्थापना हुन सकेको बताएका छन् ।

    २००७ सालको क्रान्त्रिको जगमा उभिएर नै आज सबैले स्वतन्त्रता र आत्म सम्मानका साथ बाँच्न पाइरहेको, नागरिक हकअधिकारको उपभोग गर्न पाएको तथा राज्यको सबै तह र संरचनामा आम नागरिकको पहुँच स्थापित हुन सकेको प्रधनमन्त्री देउवाको शुभकामना सन्देशमा उल्लेख छ ।

    देउवाले भनेका छन्, ‘वास्तवमै हामी आज स्वतन्त्र देशका सम्मानित र सार्वभौम नागरिक भएका छौँ। राजनीतिकरूपमा मुलुकले ठूलो फड्को मारेको छ। यसका लागि २००७ सालको राजनीतिक क्रान्तिदेखि २०४६ र २०६२–६३ सालको जनआन्दोलनसम्मको ठूलो भूमिका रहेको छ ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology