Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एकीकृत समाजवादीले एमसीसी संसद्मा पेश गर्न दिने

एकीकृत समाजवादीले एमसीसी संसद्मा पेश गर्न दिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ७, २०७८ शनिवार • १८:१९:०८ बजे
  • 994
    SHARES
  • एकीकृत समाजवादीले एमसीसी संसद्मा पेश गर्न दिने

    सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले नेकपा एमालेले संसद् अवरोधबाट पछि हटे अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) संसदमा पेस गर्न दिने निर्णय गरेको छ ।

    images

    शनिबार नयाँ बानेश्वरमा बसेको स्थायी कमिटी बैठकले एमालेले संसद् अवरोध हटाए एमसीसी पेस गर्न दिने तर, यथास्थितिमा एमसीसी पारित नहुने निर्णय गरेको प्रवक्ता जगनाथ खतिवडाले बताए ।

    उनका अनुसार संसद्मा एमसीसी पेश गर्न दिइए पनि संशोधन नगरी एमसीसी पास गर्न नदिने निर्णय भएको छ । उनले भने, ‘संसद अवरोध हट्नुपर्छ । एमसीसीबारे छलफल हुने वातावरण बन्नुपर्छ ।

    यथास्थितिमा एमसीसी पारित गर्न सकिन्न । संशोधन नगरी हुन्न ।’ यसअघि संसद्मा एमसीसी पेश गर्न नदिने अडान राख्दै आएको नेकपा (एस)ले गठबन्धनमा खटपट सुरु हुन थालेपछि सम्बन्ध जोगाउनकै लागि संसद्मा एमसीसी पेश गर्न भने दिने निर्णय गरेको छ ।

    नेकपा माओदी केन्द्रले भने अझैँ एमसीसी संसद्मा पेश गर्न नदिने अडान राखेको छ । गठबन्धनमा एमसीसीले उत्पन्न विवादलाई मत्थर गर्न र गठबन्धन जोगाउनकै निम्ति नेकपा (एस) ले भने वैकल्पिक बाटो रोजेको छ ।

  • सम्बन्धित विषय:

  • # एकीकृत समाजवादी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology