Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, पेट्रोलको मूल्य पुग्यो १४५

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, पेट्रोलको मूल्य पुग्यो १४५

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ८, २०७८ आइतवार • ०८:२९:४५ बजे
  • 688
    SHARES
  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि, पेट्रोलको मूल्य पुग्यो १४५

    नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली अनुरुप निगमले पेट्रोल, डिजेल र मट्टितेलमा रु तीन वृद्धि गरेको हो ।

    images

     राति १२ बजेदेखि नयाँ मूल्य लागू हुने निगमले जनाएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य रु १४५ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य रु १२८ कायम गरिएको छ ।

    खाना पकाउने एलपी ग्यासको मुल्य भने यथावत राखिएको छ । अन्तर्राष्ट्रिय बजार मूल्य अनुरूप प्रति लिटर पेट्रोल रु ५.६१ ले बढेको, डिजेल रु ५.६२ ले बढेको र हवाई इन्धन रू ४.९५ ले बढेर आएको निगमले जनाएको छ ।

    सोही अनुरुप निगमलाई १५ दिनमा करिब रू दुई अर्ब ४० करोड घाटा हुने अवस्था रहेका कारण मूल्य बढाउन बाध्य भएको निगमले विज्ञप्तिमार्फत जनाएको छ

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology