एजेन्सी । युुरोपमा युनाईस आँधीका कारण कम्तिमा १३ जनाको मृत्यु भएको छ ।
आँधीबाट बेलायत, आयरल्यान्ड, दक्षिणी नेदरल्यान्ड्स, बेल्जियम, जर्मनी र पोल्यान्ड सबैभन्दा बढी प्रभावित छन् । यी देशका आँधी प्रभावित क्षेत्रमा रुखहरु ढलेका छन् र सडकहरु अबरुद्ध बनेका छन् ।
आँधीका कारण १० लाख घरपरिवार अन्धकारमा बस्न बाध्य छन् । विद्युतीय सेवालाई पहिलेकै अवस्थामा फर्काउन आपतकालीन कर्मचारीहरुले प्रयास गरिरहेका छन् ।
आँधीले बेलायतको यात्रामा अस्तव्यस्तता ल्याएको छ भने डोभरको इंग्लिस च्यानल बन्दरगाह बन्द गर्नुका साथै बेलायत र वेल्सलाई जोड्ने पुलहरू अबरुद्ध पारेको छ ।
त्यसैगरी, आँधीका कारण लन्डनभित्र र बाहिर चल्ने धेरै जसो रेलहरु रोकिएका छन् । युरोपमा यो साता असर गर्ने युनाईस दोस्रो पटक नाम राखिएको आँधी हो ।
पहिलो आँधीले जर्मनी र पोल्यान्डमा कम्तिमा पाँच जनाको मृत्यु भएको थियो । आँधीबारे पहिलो पटक लन्डनमा शुक्रबार रातो चेतावनी दिइएको थियो । सन् १९८७ मा बेलायत र उत्तरी फ्रान्समा आएको ‘शक्तिशाली आँधी’ पछि यसलाई युरोपको सबैभन्दा ठूलो आँधी बताइएको छ ।
‘युनाइस आँधीले साँच्चनै नै एक मुक्का प्रहार गरेको छ, ’ जलवायु कार्यलयका प्रमुख मौसमविद् फ्रयांक साउन्डर्सले भने । ‘मौसमबाट जीवन खतरामा छ भने हामीले रातो मौसमी चेतावनी जारी गर्र्छौं,’ उनले थपे ।
ठूलो हुरीका कारण बेलायतमा विमान चालकहरुले अवतरण रोक्न बाध्य भएका थिए ।