Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अर्थमन्त्री शर्माले एमसीसी संसदमा टेबुल नगर्ने

अर्थमन्त्री शर्माले एमसीसी संसदमा टेबुल नगर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ८, २०७८ आइतवार • १३:३३:५२ बजे
  • 1.8K
    SHARES
  • अर्थमन्त्री शर्माले एमसीसी संसदमा टेबुल नगर्ने

    सत्तारुढ गठबन्धन दलबीच अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल गर्ने सैद्धान्तिक सहमति जुटेको छ ।

    images

    दलका नेताहरूको फरक फरक धारणाबीच प्रधानमन्त्री शेरबहादुर देउवाले प्रक्रियाअनुसार नै जाने भन्दै एमसीसी संसदमा टेबुल गर्ने अडान राखेका हुन् ।

    सम्भवतः आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल हुनेछ । एमसीसीलाई आजको प्रतिनिधिसभाको कार्यसूचीमा राख्ने कि नराख्ने भन्ने विषयमा छलफल गर्न यतिबेला संघीय संसद् भवनमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । तर, सो बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले भने सहभागी छैन ।

    यदि आज दिउँसो १ बजे बस्ने बैठकमा एमसीसी टेबुल गर्ने कार्यसूची तयार भएमा सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्ताव पेस गर्ने भएका छन् ।

    नियमतः विभागीय मन्त्रीसमेत रहेका अर्थमन्त्री जनार्दन शर्माले एमसीसी संसदमा टेबुल गर्नुपर्ने हो । तर, गत बुधबार बसेको सत्तारुढ दलको बैठकमा शर्मा ढिला आएकाले प्रधानमन्त्री देउवाले सरकारका प्रवक्तासमेत रहेका कार्कीलाई संसदमा टेबुल गर्न निर्देशन दिएका थिए ।

    एमसीसी संसदमा टेबुल गर्दा आलोचना हुने डर शर्मामा रहेको सत्तारुढ दलका एक नेताले बताए । कार्की अर्थमन्त्री भएकै बेलामा अमेरिका भ्रमणका क्रममा एमसीसी सम्झौतामा हस्ताक्षर भएको थियो ।

  • सम्बन्धित विषय:

  • # अर्थमन्त्री शर्मा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology