आज बस्ने प्रतिनिधिसभा बैठकमा शेरबहादुर देउवा नेतृत्वको सरकारले एमसीसी टेवल गर्ने तयारी गरेपछि संसद भवनअगाडि प्रदर्शन आक्रामक रुपमा अघि बढेको छ ।

सत्ता गठबन्धनले एमसीसी संसदमा टेबल गर्न सैद्धान्तिक सहमति गरेसँगै विरोधमा उत्रिएका प्रदर्शनकारीहरु आक्रामक भएका हुन् । संसद भवन रहेको नयाँ बानेश्वर क्षेत्रमा अहिले आक्रामक भीड देखिएको छ ।

सत्ता गठबन्धन दल माओवादी केन्द्रका विभिन्न भातृ संगठनहरुले विरोध पदर्शन गरिरहेका छन् । विरोधमा उत्रिएका प्रदर्शनकारीहरुले प्रहरीमाथि नै ढुंगामुढा गरेका छन् ।

पानीका बोतल प्रहार गरेका छन् । प्रहरीले पानीको फोहरा हानेर भीड तितर वितर पार्ने कोसिस गरिरहेका छन् । विरोध प्रदर्शन आयोजकहरुले भीडलाई संयमित रहन आग्रह गरिरहेका छन् ।
