बैठक बस्नुअघि बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठकमा विवाद भएको छ ।
समितिको बैठकमा एमसीसी सम्झौता संसदमा टेवल गर्ने या नगर्ने भन्ने विषयमै विवाद भएको हो ।
सो बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, सदस्यहरु जयपुरी घर्ती र रेखा शर्माले एमसीसी सम्झौता टेबल गर्ने निर्णयमा सहमति जनाएका हुन् ।

एमसीसी सम्झौता टेवल गर्नुअघि राष्ट्रिय सहमति कायम हुनुपर्ने, कतिपय बुँदाहरु संशोधन र परिमार्जन हुनुपर्ने लगायतका कुरा राखेर माओवादी केन्द्रको तर्फबाट गुरुङ लगायतले असहमति जनाएका हुन् ।