Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमसीसी अब पास हुन्छ : प्रधानमन्त्री देउवा

एमसीसी अब पास हुन्छ : प्रधानमन्त्री देउवा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ८, २०७८ आइतवार • १६:२३:३९ बजे
  • 898
    SHARES
  • एमसीसी अब पास हुन्छ : प्रधानमन्त्री देउवा

    प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार संसद्मा पेश भएको एमसीसी पास हुने बताएका छन् ।

    images

    आइतबार बसेको प्रतिनिधि सभाको बैठकबाट बाहिरिएका प्रधानमन्त्री देउवाले सञ्चारकर्मीसँगको कुराकानीमा संसद्मा पेश भएको एमसीसी पास हुने बताएका हुन् ।

    संसद् भवनबाट बाहिरिएका उनलाई सञ्चारकर्मीले प्रश्न गरेका थिए,‘अब एमसीसी के हुन्छ ?’ जवाफमा प्रधानमन्त्री देउवाले भने, ‘अब पास हुन्छ ।

     संसद् बैठक बस्नुअघि आइतबार बिहान सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच संसद्मा एमसीसी टेबल गर्ने सहमति भएको थियो । सहमतिअनुसार नै छलफलका लागि एमसीसी संसद्मा पेश गरिएको छ । 

    सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)लगायत दलहरूले संशोधन नगरी पास गर्न नसकिने अडान राख्दै आएका छन् ।

    आइतबार विपक्षी दल नेकपा एमालेको अवरोध र सत्तारुढ गठबन्धनकै सांसदहरूको विरोधका बीच एमसीसी सम्झौता टेबुल भएको छ । त्यसाे त बाहिर सडकमा एमसीसीविरूद्द आन्दाेलन चर्किरहेकाे छ ।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री देउवा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology