Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

टेबल भएको ‘एमसीसी’ पास हुन्छ : महामन्त्री थापा

टेबल भएको ‘एमसीसी’ पास हुन्छ : महामन्त्री थापा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ८, २०७८ आइतवार • १६:२५:५९ बजे
  • 931
    SHARES
  • टेबल भएको ‘एमसीसी’ पास हुन्छ : महामन्त्री थापा

    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले लामो रस्साकस्सीपछि एमसीसी टेबल भएको र अब प्रक्रिया पूरा गरेर पास हुने विश्वास ब्यक्त गरेका छन् ।

    images

    आइतबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग बोल्दै महामन्त्री थापाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

    यसका साथै अब विहीबार बस्ने प्रतिनिधिसभाको बैठकपछि प्रस्तावमाथि छलफल हुने र छलफलपछि मतदानमार्फत् एमसीसी टुंगो लाग्ने उनले बताए । उनले भनेका छन्, ‘अब यो प्रक्रिया अगाडि बढ्छ ।

    यो विषय अगाडि बढिरहँदा गठबन्धन रहन्छ, रहँदैन भन्ने हुँदैन ।’ त्यस्तै उनले सरकारमा पनि बस्ने र सरकारले ल्याएको प्रस्तावमा कोही पक्ष र कोही विपक्षमा लागे जस्तो गरेर पार्टीहरूको डबल स्ट्यान्डर्ड छाड्न आग्रह गर्दै भने, ‘सरकारमा पनि बस्ने, अनि सरकारले ल्याएको प्रस्तावको विरोध पनि गर्ने ।

    यो डबल स्ट्यान्डर्ड अब छाड्नुपर्छ । आधाले विपक्षमा लागे जस्तो गर्ने आधाले पक्षमा लागे जस्तो गर्ने यस्तो बन्द गर्नुपर्छ ।’ त्यस्तै उनले एमसीसी टेबल गर्ने ठाउँमा आइपुगेका पार्टीहरू मतदान गर्ने बेलासम्म सहमतिमा आइपुग्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # महामन्त्री थापा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology