Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

एमसीसी : जबर्जस्ती संसदमा पेस भएको घटनाप्रति पूर्वसभामुख महराको गम्भीर ध्यानाकर्षण

एमसीसी : जबर्जस्ती संसदमा पेस भएको घटनाप्रति पूर्वसभामुख महराको गम्भीर ध्यानाकर्षण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ८, २०७८ आइतवार • २१:४६:२४ बजे
  • 463
    SHARES
  • एमसीसी :  जबर्जस्ती संसदमा पेस भएको घटनाप्रति  पूर्वसभामुख महराको गम्भीर ध्यानाकर्षण

    नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महराले एमसीसी जबर्जस्ती प्रतिनिधि सभामा पेस भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

    images

    महराले सरकारले विवाद र विरोधकाबीच एमसीसी सम्झौता पेस गरेको घटनाप्रति नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

    ‘सत्तारुढ गठबन्धनमा हाम्रो पार्टीको तर्फबाट स्पष्ट रुपमा संसदमा पेस नगर्न आग्रह गर्दा पनि सरकारले जबर्जस्ती एमसीसी सम्झौता अघि बढाउन खोजेपछि प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा संसदीय दलको तर्फबाट लिखित असहमति जाहेर गरिएको छ’ महराले पूर्व सभामुखको रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ देशको स्वाधीनता र राष्ट्रियतामा नै प्रश्न उठ्न सक्ने विषयमा दलहरुबीच राष्ट्रिय सहमति नगरिकन र सत्तारुढ दलभित्रै एकरुपता नहुँदा नहुँदै जबर्जस्ती प्रतिनिधि सभामा पेस भएको घटनाप्रति हाम्रो गम्भीर आपत्ति छ ।’

    एमसीसी सम्झौता संसदमा पेस गर्नुहुन्न भन्दै सडकमा उत्रिएका विभिन्न दलसम्बद्ध नेता, कार्यकर्ता, स्वतन्त्र रुपमा आन्दोलनमा सहभागी नागरिकहरुमाथि भएको प्रहरी दमन एवं धरपकडको उनले बिरोध गरेका छन् ।

    साथै आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण आन्दोलनकारीहरुको उपचारको उचित प्रबन्ध तथा उपचार खर्च व्यहोर्न सरकारसँग माग गरेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology