नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार छाड्न माग गर्नेहरुलाई जवाफ दिएका छन् ।
अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि संसदमा टेबल भएसँगै एकीकृत नेकपा माओवादीका सांसदहरुले संसदीय दलको निर्णय अनुसार सरकार छोड्नुपर्ने नेतृत्वसँग माग गरेपछि प्रचण्डले एक दुई दिन पर्खिन आग्रह गरेका छन् ।
आइतबार चार दलका शीर्ष नेताहरुबीच भएको छलफलमा एमसीसी संसदमा टेबल गर्ने सहमति भएको थियो ।
संसदको बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख सचेतक देव गुरुङ, जयपुरी घर्ती र रेखा शर्माले फरक मत राखेका थिए । गुरुङले संसद बैठकमा पनि एमसीसीको विरोध गरेका थिए ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी अनुमोदनका लागि टेबल गर्दा माओवादी केन्द्रका केही सांसदले उठेर विरोध गरेका थिए । तर प्रचण्डसहित केही नेताहरु बसिरहेका थिए ।