Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेकपा एमाले नेता तथा कार्यकर्ता पार्टी त्याग गरी माओवादी केन्द्रमा प्रवेश

नेकपा एमाले नेता तथा कार्यकर्ता पार्टी त्याग गरी माओवादी केन्द्रमा प्रवेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ९, २०७८ सोमवार • १२:०२:२६ बजे
  • 1.2K
    SHARES
  • नेकपा एमाले नेता तथा कार्यकर्ता पार्टी त्याग गरी माओवादी केन्द्रमा प्रवेश

    नेपाली कांग्रेस र नेकपा (एमाले)का करिब दुई दर्जन नेता तथा कार्यकर्ताहरु नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।

    images

    उनीहरुलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले खुमलटारमा सोमबार एक कार्यक्रमका बीच पार्टीमा स्वागत गरेका छन् ।

    सो अवसरमा प्रचण्डले मधेस प्रदेशमा मधेसी जनताको पहिचान र अधिकारका लागि लड्ने पार्टी माओवादी केन्द्र नै हो भन्ने चेतना एकपटक फेरि फैलिँदै गएको बताए ।

    मधेसमा मात्र नभइ देशैभरि माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर नै चलेको उनको भनाइ छ ।

    एमाले रौटहट मोलापुर नगरपालिकाका वडा अध्यक्षका प्रत्यासी तथा कार्यपालिका सदस्य कामेश्वरप्रसाद साह कानुसहित नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

    यस्तै, सुदूरपश्चिमबाट कांग्रेसका क्रियाशील पूर्वशिक्षक जयराज भट्ट, व्यवसायी विष्णु भट्ट र पत्रकार विनोदप्रसाद भट्ट रहेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology