Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सेनालाई पूर्वी युक्रेनमा प्रवेश गर्न रुसी राष्ट्रपतिको आदेश

सेनालाई पूर्वी युक्रेनमा प्रवेश गर्न रुसी राष्ट्रपतिको आदेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १०, २०७८ मंगलवार • ०९:५९:२२ बजे
  • 619
    SHARES
  • सेनालाई पूर्वी युक्रेनमा प्रवेश गर्न रुसी राष्ट्रपतिको आदेश

    एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना सैनिकलाई रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिण पूर्वी क्षेत्रमा प्रवेश गर्न आदेश दिएका छन ।

    images

    पूर्वी युक्रेनको लुहान्स्क र डोनेट्स्कलाई अलग देशको मान्यता दिएलगत्तै पुटिनले आफ्ना सेनालाई त्यस क्षेत्रमा जाने आदेश दिएका हुन । पुटिनले दुवै क्षेत्रमा शान्ति स्थापनाका लागि रुसी सेनाले भूमिका खेल्ने दाबी गरेका छन्।

    उनले डोनेट्स्क र लुहान्सक प्राचीन रुसी क्षेत्र भएको बताएका छन । पुटिनले दुवै क्षेत्रलाई अलग देशको मान्यता दिँदै सोमबार राति विद्रोहीसंगको सम्झौतामा हस्ताक्षर गरेको बिबिसीले जनाएको छ।

    त्यस क्षेत्रमा विद्रोहीहरुले सन २०१४ देखि युक्रेनी सेनासँग लड्दै आइरहेको छ । रुसी राष्ट्रपति पुटिनको यो पछिल्लो कदमलाई बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनी संप्रभुता र एकताको उल्लंघन भएको प्रतिक्रिया दिएका छन ।

    त्यस्तै रुसी सेनाले पूर्वी युक्रेनमा शान्ति कायम गर्ने रुसी राष्ट्रपति पुटिनको दावीलाई अष्ट्रेलिका प्रधानमन्त्री स्कट मोरिसले खारेज गरेका छन । रुसका एक लाख ५० हजार भन्दा बढी सेना युक्रेनी सीमामा तौनाथ छन ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology