Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

एमसीसीको विपक्षमा मतदान गरे सत्ता गठबन्धन भत्किन्छ: गगन थापा

एमसीसीको विपक्षमा मतदान गरे सत्ता गठबन्धन भत्किन्छ: गगन थापा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १०, २०७८ मंगलवार • १८:५०:५३ बजे
  • 487
    SHARES
  • एमसीसीको विपक्षमा मतदान गरे सत्ता गठबन्धन भत्किन्छ: गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता साझेदार दलहरूले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विपक्षमा मतदान गरे गठबन्धन भत्किने चेतावनी दिएका छन् ।

    images

    मंगलबार दिउँसो चितवनस्थित भरतपुर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै थापाले यस्तो बताएका हुन् ।

    थापाले संसद्‍मा टेबुल भएको एमसीसीको विपक्षमा मतदान गरे गठबन्धनको औचित्य समाप्त हुने बताए ।

    थापाले भने, ‘सत्ता गठबन्धनमा सहभागी भएर त्यही सरकारले अघि सारेको प्रस्तावविरुद्ध मतदान गरिसकेपछि हामी विपक्षमा मतदान गर्छौं, तर बाँकी कुरामा सँगै जान्छौ भन्नु अनैतिक हो ?’

    एमसीसीलाई यसअघिका सबै कम्युनिस्ट सरकारले समर्थन गरेकोले अहिले विपक्षमा उभिनु जायज नहुने थापाको भनाई छ ।

  • सम्बन्धित विषय:

  • # एमसीसीको विपक्ष
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology