Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना महामारी

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड ३८ लाख

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड ३८ लाख

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ९, २०७७ मंगलवार • १७:२५:२१ बजे
  • 958
    SHARES
  • विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड ३८ लाख

    एजेन्सी/ विश्वमा दुई करोड ३८ लाख ३० हजार २६० जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन डब्लुएचओले मङ्गलबार जानकारी दिएको छ । सो संगठनकाअनुसार मङ्गलबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख १७ हजार ३६८ जना कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । 


    सङक्रमित मध्ये हालसम्म एक करोड ६३ लाख ७२ हजार ९६२ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६६ लाख ३९ हजार ९३० व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितहरु मध्ये ६१ हजार ६९४ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

    images

    चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५९ लाख १५ हजार ६३० जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ८१ हजार ११४ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

    दक्षिण अमेरिकामा ५८ लाख १७ हजार २४५ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ १ लाख ९० हजार ८०३ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ६९ लाख ९३ हजार ६३१ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ दुई लाख ६० हजार ४०२ जनाको मृत्यु भएको छ ।

    युरोपमा ३३ लाख ९३ हजार ३५६ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख ५ हजार ७४० को मृत्यु भएको छ । एसिया ६३ लाख ९७ हजार ५०७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने एक लाख ३१ हजार ८०१ जनाको मृत्यु भएको छ ।

    अफ्रिकामा १२ लाख २३३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २८ हजार ५५ जनाको मृत्यु भएको छ । ओसियानामा २७ हजार ५६७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ५५२ जनाको मृत्यु भएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology