Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

सुस्ताबासीलाई जग्गाधनी पुर्जा वितरण गरिन्छ : मन्त्री झाँक्री

सुस्ताबासीलाई जग्गाधनी पुर्जा वितरण गरिन्छ : मन्त्री झाँक्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ११, २०७८ बुधवार • १३:१५:३४ बजे
  • 847
    SHARES
  • सुस्ताबासीलाई जग्गाधनी पुर्जा वितरण गरिन्छ : मन्त्री झाँक्री

    सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सुस्ताबासीलाई प्रक्रिया पुर्‍याएर नागरिकता र जग्गाधनी प्रमाणपत्र वितरण गरिने बताएकी छन् ।

    images

    नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–५ स्थित सुस्तामा सडक सञ्जालको उद्घाटन कार्यक्रममा उनले नेपाली भूमि संरक्षणमा सुस्ताबासीको योगदान अमूल्य रहेकाले यहाँका नागरिकलाई नागरिकता र जग्गाधनी प्रमाणपत्रबाट वञ्चित नगरिने बताइन् ।

    भारतले पटक–पटक अतिक्रमण गर्दै आएको नारायणी पारि सुस्ताका अधिकांश नागरिक नागरिकता र जग्गाधनी प्रमाणपत्रबाट वञ्चित छन् ।

    सुस्ताको विकासमा सरकारको ध्यान पुगेको छ भन्दै मन्त्री झाँक्रीले ऐतिहासिक भूमि सूस्तामा विकासका पूर्वाधार बढाउँदै लगिने बताइन् ।

    सहरी विकास तथा निर्माण विभागको नमुना एकीकृत बस्ती विकास कार्यक्रमअन्तर्गत सुस्तामा निर्माण गरिएको पक्की सडक सञ्जालको उद्घाटन गरिएको विभागका महानिर्देशक पदमकुमार मैनालीले जानकारी दिए ।

    सुस्तामा मन्त्रालयबाट ३५१ वटा सुरक्षित नागरिक आवास निर्माण गर्ने लक्ष्य रहेको पनि उनले बताए ।

  • सम्बन्धित विषय:

  • # विकासमन्त्री झाँक्री
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology