Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

आफ्नो स्टाटसलाई लिएर प्रचण्डको स्पष्टोक्ति : तत्काल प्रतिक्रान्ति हुने अवस्था छैन

आफ्नो स्टाटसलाई लिएर प्रचण्डको स्पष्टोक्ति : तत्काल प्रतिक्रान्ति हुने अवस्था छैन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ११, २०७८ बुधवार • १७:२१:४२ बजे
  • 397
    SHARES
  • आफ्नो स्टाटसलाई लिएर प्रचण्डको स्पष्टोक्ति : तत्काल प्रतिक्रान्ति हुने अवस्था छैन

    सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले तत्काल प्रतिक्रान्तिको अवस्था नरहेको बताएका छन् ।

    images

    माओवादीको बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठकलाई बुधबार सम्बोधन गरेर बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले गठबन्धन टुटाउने र सरकार ढाल्ने प्रयास भइरहेको दाबी गरे ।

    ‘अहिले गठबन्धन टुटाउने र सरकार ढाल्ने प्रयास भइरहेको छ नि । तर, तत्काल प्रतिक्रान्ति हुने वा भइसकेको अवस्था भने होइन,’ उनले भने, ‘मेरोतर्फबाट ट्विट भएको छैन ।

    ’ प्रचण्डको ह्यान्डिलबाट बुधबार बिहान एउटा स्टाटस सार्वजनिक भएको थियो ।

    जसमा सत्ता पल्टाउने र प्रतिक्रान्तिको अवस्था आएको उल्लेख थियो ।

    साथै, क्रान्तिकारी शक्तिको अन्तिममा जित हुने लेखिएको थियो । प्रचण्डले आज बिहान आफ्नो प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट नभएको पनि स्पष्ट पारे ।

    उनले तीन दिनअघि प्रधानमन्त्रीसँग कुराकानी भएको र आज बिहान गृहमन्त्री बालकृष्ण खाँण खुमलटार आएको र उनीसँग कुराकानी भएको बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology