Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

एमसीसीः संसद भवनको सुरक्षा व्यवस्थामा कडाई

एमसीसीः संसद भवनको सुरक्षा व्यवस्थामा कडाई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १२, २०७८ बिहिवार • ०९:१५:४७ बजे
  • 1.4K
    SHARES
  • एमसीसीः संसद भवनको सुरक्षा व्यवस्थामा कडाई

    काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद भवनको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

    images

    एमसीसी सम्झौता प्रतिनिधिसभामा टेबुल गरिएलगत्तै देशभर आन्दोलन तीब्र बनेसंगै सुरक्षा व्यवस्था कडा पारिएको हो । खासगरी नयाँ बानेश्व क्षेत्रमा विरोध प्रदर्शनको क्रम बढ्न थालेपछि सुरक्षा सतर्कता बढाइएको छ ।

    संसदमा एमसीसीबारे आजदेखि छलफल प्रारम्भ हुँदैछ । संसद् भवनको मूल सडकसँगै रहेको पर्खालमा काँडेतार लगाइएको छ। प्रदर्शनकारी र प्रहरीबीच हुन सक्ने सम्भावित झडपलाई ध्यान दिएर पर्खाललाई तारले घेरिएको हो ।

    यसअघि सरकारले आइतबार एमसीसी प्रस्ताव टेबुल गरेपछि दिनभर नयाँ बानेश्वर र त्यस आसपासका क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच पटकपटक झडप भएको थियो ।

    आज दिउँसो १ बस्ने प्रतिनिधिसभा बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ । बानेश्वरसहित उपत्यकाका विभिन्न क्षेत्रमा नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चालगायतका दल र तिनका भ्रातृ सङ्गठनहरुले विरोध प्रदर्शन गर्दै आएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology