Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

आजको संसद बैठकमा एमसीसीबारे छलफल हुँदै

आजको संसद बैठकमा एमसीसीबारे छलफल हुँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १२, २०७८ बिहिवार • ०९:१८:१६ बजे
  • 427
    SHARES
  • आजको संसद बैठकमा एमसीसीबारे छलफल हुँदै

    संघीय संसद प्रतिनिधिसभाको बैठक बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनमा आज दिउँसो १ बस्ने आजको संसद बैठकमा एमसीसीबारे छलफल सुरु हुनेछ ।

    images

    नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतासम्बन्धी प्रस्तावबारे संसदमा आज छलफल गर्ने कार्यसूची रहेको छ।

    सङ्घीय संसद्का प्रवक्ता डा रोजनाथ पाण्डेका अनुसार आजको बैठकमा एमसीसी प्रस्तावमा सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।

    संसद् सचिवालयमा दर्ता भएको अढाई वर्षपछि एमसीसी सम्झौतासम्बन्धी प्रस्ताव गत आइतबार मात्र संसदमा टेबल गरिएको थियो ।

    यसैगरी बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७÷७८’ पेस गर्ने कार्यसूची राखिएको छ।

  • सम्बन्धित विषय:

  • # एमसीसीबारे छलफल हुँदै
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology