Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अभिनेता राजेश हमालले ६ सय चलचित्र प्राविधिकहरुको कोरोना बीमा गरिदिने

अभिनेता राजेश हमालले ६ सय चलचित्र प्राविधिकहरुको कोरोना बीमा गरिदिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ९, २०७७ मंगलवार • २२:३०:०२ बजे
  • 2.0K
    SHARES
  • अभिनेता राजेश हमालले ६ सय चलचित्र  प्राविधिकहरुको कोरोना बीमा गरिदिने
    अभिनेता राजेश हमालले चलचित्र प्राविधिक संघमा आबद्ध प्राविधिकहरुको कोरोना बीमा गरिदिने भएका छन् । जानकारी अनुसार केही समय अगाडि मात्रै भएको प्राविधिक संघका पदाधिकारीहरुसँगको भेटमा अभिनेता हमालले ६ सय जना प्राविधिकहरुको कोरोना बीमा गरिदिने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
    जसको लागि अभिनेता हमालले नामावली लिएर आउन आग्रह गरिसकेका जानकारी गराइएको छ । तर, कोरोना बीमाका लागि संघमा नामको बिषयमा छलफल गर्न बाँकी रहेको संघले जनाएको छ । जानकारी अनुसार अभिनेता हमालले ६ सय जना प्राविधिकको बीमाको गरिदिनुका साथै आर्थिक अवस्था कमजोर भएका केही सदस्यहरुलाई आर्थिक सहयोग पनि गर्ने भएका छन् । हाल प्रविधिक संघमा १३ सय बढी सदस्यहरु रहेका संघले जनाएको छ । जसमध्ये पनि करिब ६ सय जना भने चलचित्रको काममा पछिल्लो समयसम्म पनि सक्रिय प्राविधिक रहेका संघले जनाएको छ । सरकारले कोरोना रोकथाम तथा न्यूनीकरणका लागि जारी गरेको निषेधाज्ञा खुल्ने वित्तिकै बैठक बसेर बीमाका लागि नाम पठाउने संघले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology