Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

एकीकृत समाजवादीकै २२ संगठनले माग्यो मन्त्री झाँक्रीको राजीनामा

एकीकृत समाजवादीकै २२ संगठनले माग्यो मन्त्री झाँक्रीको राजीनामा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १२, २०७८ बिहिवार • १४:३५:२३ बजे
  • 595
    SHARES
  • एकीकृत समाजवादीकै २२ संगठनले माग्यो मन्त्री झाँक्रीको राजीनामा

    नेकपा (एकीकृत समाजवादी) सचिव तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको आफ्नै पार्टीका कार्यकर्ताले राजीनामा मागेका छन् ।

    images

    पार्टीको निर्णयविपरीत एमसीसीको पक्षमा लागेको भन्दै झाँक्रीले मन्त्री पदबाट राजीनामा दिनपर्ने उनका कार्यकर्ताले माग गरेका हुन् ।

    काठमाडौँमा बुधबबार सम्पन्न एकीकृत समाजवादीनिकट विभिन्न २२ वटा संगठनहरूको संयुक्त बैठकमा बोलेका अधिकांशले मन्त्रीबाट झाँक्रीले राजीनामा दिनुपर्ने माग गरेका हुन् ।

    अनेरास्ववियू अध्यक्ष सुदेश पराजुली, शम्भु श्रेष्ठ, नरेश शाहीसहितले पार्टीको निर्णयविपरीत एमसीसीको पक्षमा उभिएकी पार्टी सचिवसमेत रहेकी झाँक्रीले मन्त्री पदबबाट राजीनामा दिनुपर्ने बताएका हुन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology