Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कांग्रेस–एमालेबीच सहमति : एमसीसी पास गराउन एमाले तयार

कांग्रेस–एमालेबीच सहमति : एमसीसी पास गराउन एमाले तयार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १२, २०७८ बिहिवार • १६:३६:५५ बजे
  • 1.5K
    SHARES
  • कांग्रेस–एमालेबीच सहमति : एमसीसी पास गराउन एमाले तयार

    नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल जारी छ । एमसीसीलाई लिएर सत्ता गठबन्धनमा सहमति नभएपछि प्रधानमन्त्री देउवा एमालेको साथ लिन तत्पर भएका छन्।

    images

    प्रधानमन्त्री देउवाले सकेसम्म एमसीसी सत्ता गठबन्धनको सहयोगमा पास गराउन चाहेका थिए । तर, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले भने एमसीसीको पक्षमा उभिन नसक्ने अडान लिएपछि प्रधानमन्त्री देउवा एमालेको साथ लिने तयारीमा लागेका हुन् ।

    अहिले प्रधानमन्त्री देउवा एमालेका अध्यक्ष ओलीसँग निर्णायक छलफलमा जुटेका छन् ।

    उक्त छलफलमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङ सहभागी छन् भने कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् ।

    स्रोतकाअनुसार एमसीसी पास गराउनको लागि एमाले तयार भएको छ । तर, उसले केही शर्त भने अघि सारेको छ। एमालेले केन्द्रको सरकारमा सहभागी नहुने भएपनि प्रदेशसभामा भने सहकार्य गर्ने समझदारी हुँदैछ । Source :reportersnepal

  • सम्बन्धित विषय:

  • # कांग्रेस–एमाले
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology