Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

एमसीसी र संसद खुलाउने विषयमा एमालेसँग छलफल भयो : प्रचण्ड

एमसीसी र संसद खुलाउने विषयमा एमालेसँग छलफल भयो : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १२, २०७८ बिहिवार • १९:१८:४१ बजे
  • 478
    SHARES
  • एमसीसी र संसद खुलाउने विषयमा एमालेसँग छलफल भयो : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी र सदन खुलाउने विषयमा एमालेसँग छलफल भएको बताएका छन् ।

    images

    बिहीबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुसँगको छलफलबाट बाहिरिने क्रममा क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले छलफलका क्रममा आ-आफ्ना कुरा राखिएको बताए ।

    ‘एमसीसी र सदन खुलाउने विषयमा छलफल भयो । आ-आफ्ना कुरा राखियो ‘ प्रचण्डले भने । माओवादीसँग छलफल गर्नुअघि एमालेले सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेससँग छलफल गरेको थियो भने प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच ‘वान अन वान’ कुराकानी भएको थियो ।

    प्रचण्डसँगको भेटवार्तापछि एमाले नेताहरु देउवासँगको छलफलका लागि बालुवाटार प्रस्थान गरेका छन् । एमसीसी सम्झौतालाई लिएर पछिल्लो समय सत्ता गठबन्धनमा दरार आएको छ ।

    माओवादीको आग्रह : मुद्दा मिल्ने विषयमा एक ठाउँमा उभिऔं

    नेकपा माओवादी केन्द्रले मुद्दा मिल्लने विषयमा एक ठाउँमा उभिन एमालेसँग प्रस्ताव गरेको छ । बिहीबार साँझ बानेश्वरस्थित संसद भवनमा भएको छलफलमा माओवादी केन्द्रले एमाले नेताहरुलाई विगतको समीक्षा पछि गरौं भन्दै अहिलेका लागि एक ठाउँमा उभिन प्रस्ताव गरेको हो ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले एमाले र माओवादी मुद्दा मिल्ने विषयमा एक ठाउँमा आउन प्रस्ताव गरेका थिए ।

    त्यसक्रमा उनले एमसीसीबारे एमालेले धारणा स्पष्ट पार्न पर्ने बताएका थिए । तर एमालेले भने छलफल जारी राख्ने बताएको थियो । एमालेले आफूहरुको माग सम्बोधन भएपछि एमसीसीबारे छलफल गर्ने बताएको एक नेताले जानकारी दिए ।

    दुई पार्टीका शीर्ष नेतृत्वबीच राष्ट्रिय मुद्दा, एमसीसी र सदन सुचारू गर्नेबारे छलफल भएको प्रचण्डका सचिवालय सदस्य रमेश मल्लले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # एमसीसी र संसद खुलाउने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology