Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

आज अघि बढ्ला एमसीसी ?

आज अघि बढ्ला एमसीसी ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १३, २०७८ शुक्रवार • १०:५२:०१ बजे
  • 544
    SHARES
  • आज अघि बढ्ला एमसीसी ?

    संघीय संसद प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । आज दिउँसो १ बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे छलफल गर्ने कार्यसूची रहेको छ ।

    images

    यसअघि बिहीबार बसेकाो संसद बैठक दलहरुबीच सहमति हुन नसक्दा आजका लागि स्थगित गरिएको थियो । सरकार जुनसुकै हालतमा पनि संसदबाट एमसीसी पारित गर्न लागि परेको छ भने सत्ता साझेदार दल माओवादी केन्द्र र नेकपा एस एमसीसीको विपक्षमा छ ।

    त्यस्तै सत्ताघटक जसपामा पनि एमसीसीबारे विवाद छ । यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको साथ लिन खोजेका छन् ।

    बिहीबार भएका छलफलमा नेपाली कांग्रेस र एमाले सहमतिको नजिक पुगेको बताइएको छ । एमालेले सभामुख हटाउनुपर्ने र आफूहरुले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने अडान दोहोर्यााएको छ । यसप्रति सरकार सकरात्मक रहेको बताइएको छ ।

    एमसीसी पास गराएरै छाड्ने अडान लिएको कांग्रेसका कतिपय नेताहरुले वर्तमान सत्तागठबन्धनको औचित्य सकिएको निष्कर्ष निकालिसकेका छन । माओवादी केन्द्र र नेकपा एसका कार्यकर्ता भने एमसीसीको विरोधमा सडकमा प्रदर्शन गरिरहेका छन् ।

  • सम्बन्धित विषय:

  • # आज अघि बढ्ला एमसीसी ?
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology