Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

एमसीसी पास गर्न एमालेसँग सहमति भइसक्यो : मीन विश्वकर्मा

एमसीसी पास गर्न एमालेसँग सहमति भइसक्यो : मीन विश्वकर्मा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १३, २०७८ शुक्रवार • १२:३९:५७ बजे
  • 418
    SHARES
  • एमसीसी पास गर्न एमालेसँग सहमति भइसक्यो : मीन विश्वकर्मा

    नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्न प्रमुख प्रतिपक्षी एमालेसँग मोटामोटी सहमति भइसकेको बताएका छन् ।

    images

    सोही कारण आज बस्ने प्रतिनिधिसभा बैठकअघि माओवादी केन्द्रले एउटा ठोस निर्णय लिने उनको भनाइ छ । गठबन्धनमा आबद्ध भएर पनि माओवादीले सरकारलाई सहयोग नगरेकाले प्रतिनिधिसभा बैठकबाट एमसीसी अनुमोदन गर्नेबारे एमालेसँग सहमति नजिक पुगेको नेता विश्वकर्माले जानकारी दिए ।

    सत्ता साझेदार दल माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन नगरेपछि कांग्रेस एमालेसँग नजिकिन लागेको हो । नेता विश्वकर्माले आजको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसीसी सदनमा कसरी प्रवेश गर्ने भन्नेबारे सहमति हुने विश्वास व्यक्त गरे ।

    आज सहमति भएर संसदमा एमसीसीमाथि सैद्धान्तिक छलफल हुने र सकेसम्म आजै एमसीसी अनुमोदन हुन सक्ने उनको भनाइ छ ।

    आज प्रतिनिधिसभाको दुईवटा बैठक बसेर भए पनि एमसीसी पास हुन सक्ने उनले बताए । ‘सभामुखको स्वार्थ नमिले पनि सरकारले सदनमा अघि सारेको बिजनेस रोक्न मिल्दैन,’ विश्वकर्माले भने ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology