Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने माओवादीको निर्णय

गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने माओवादीको निर्णय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १३, २०७८ शुक्रवार • १३:००:२९ बजे
  • 517
    SHARES
  • गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने माओवादीको निर्णय

    नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने निर्णय गरेको छ। नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने निर्णय गरेको छ।

    images

    शुक्रबार प्रचण्ड निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटी सदस्यहरुको बैठकले गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने निर्णय गरेको हो ।

    बैठकले एमसीसीका सम्बन्धमा पार्टीले लिँदै आएको अडानलाई यथावत राख्ने निर्णय गरेको छ । बैठकको निर्णयबारे जानकारी दिँदै एक माओवादी नेताले सँग भने, ‘सैद्धान्तिक रुपले पार्टीको अडानलाई कायम राख्दै गठबन्धनलाई निरन्तरता दिनसक्दा सम्म निरन्तरता दिने निर्णय भएको छ ।’

    खुमलटारमा भएको पार्टीको निर्णयबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी दिन अध्यक्ष प्रचण्डलाई एक नेतालाई बालुवाटार पठाउन लागेका छन् ।

    बैठकपछि माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले सकेसम्म गठबन्धनलाई जोगाउन पहल गर्ने निर्णय भएको रातोपाटीलाई बताए । उनले भने, ‘नेकपा माओवादी केन्द्रकै पहलमा गठबन्धन बनेकाले सकेसम्म गठबन्धन जोगाउन पर्छ भन्ने हाम्रो जोड रह्यो ।

  • सम्बन्धित विषय:

  • # गठबन्धनलाई निरन्तरता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology