Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

एमसीसीको विपक्षमा उभिने माओवादी केन्द्रको निर्णय

एमसीसीको विपक्षमा उभिने माओवादी केन्द्रको निर्णय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १३, २०७८ शुक्रवार • १३:२७:०१ बजे
  • 583
    SHARES
  • एमसीसीको विपक्षमा उभिने माओवादी केन्द्रको निर्णय

    नेकपा (माओवादी केन्द्र)ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को विपक्षमा उभिने निर्णय गरेको छ ।

    images

    शुक्रबार बिहान अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ निवास खुमलटारमा बसेको उपलब्ध पूर्वस्थायी समिति सदस्यहरुको बैठकले गठबन्धन जोगाएर एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

    माओवादी केन्द्रले सत्ता गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने पनि निर्णय गरेको छ । “एमसीसीका विषयमा विपक्षमा उभिने निर्णय भयो ।

    यस्तो अवस्थामा गठबन्धन जोगिए जोगाउने, नजोगिए सडक संघर्षमा जाने भन्ने कुरा भएको छ,” बैठकमा सहभागी नेता लिलामणि पोखरेलले भने ।

    खुमलटारमा भएको पार्टीको निर्णयबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी दिन अध्यक्ष प्रचण्डले एक नेतालाई बालुवाटार पठाउन लागेका छन् ।

  • सम्बन्धित विषय:

  • # एमसीसीको विपक्षमा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology