Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विश्वमा १६ लाख बढी कोरोना संक्रमित थपिए

विश्वमा १६ लाख बढी कोरोना संक्रमित थपिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १४, २०७८ शनिवार • ११:३४:०३ बजे
  • 1.2K
    SHARES
  • विश्वमा १६ लाख बढी कोरोना संक्रमित थपिए

    एजेन्सी । पछिल्लो चौबिस घण्टामा विश्वभर १६ लाख १० हजार २८७ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा कोरोनाका कारण ८ हजार ३५९ जनाले ज्यान गुमाएका छन् ।

    images

    वर्ल्डोमिटरका अनुसार योसँगै विश्वमा कूल कोरोना भाइरस संक्रमितको संख्या ४३ करोड ३२ लाख ९७ हजार २१० पुगेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ५९ लाख ५६ हजार ३२५ जनाको मृत्यु भएको छ ।

    पछिल्लो चौबिस घण्टामा सबैभन्दा बढी कोरोना संक्रमित जर्मनी, दक्षिण कोरिया र रुसमा थपिएका छन् । उक्त अवधिमा जमर्नमा १ लाख ९३ हजार ९९, दक्षिण कोरियामा १ लाख ६५ हजार ८८९ र रुसमा १ लाख २३ हजार ४६० जनामा संक्रमण पुष्टी भएको छ ।

    बितेको चौबिस घण्टामा कोरोनाका कारण विश्वमा ८ हजार ३५९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा अमेरिकामा १ हजार ८५३, रुसमा ७८७, भारतमा २५४, ब्राजिलमा ७८१, फ्रान्समा १८८, बेलायमा १२०, जर्मनीमा २३५, टर्कीमा २६६, इटालीमा १९३ र स्पेनमा २४८ जना रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology