Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

अहिले हामी रक्तपातविहीन युद्धमा छौँ : प्रचण्ड

अहिले हामी रक्तपातविहीन युद्धमा छौँ : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १४, २०७८ शनिवार • १२:३२:४१ बजे
  • 466
    SHARES
  • अहिले हामी रक्तपातविहीन युद्धमा छौँ : प्रचण्ड

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफूहरु अहिले रक्तपातविहीन युद्धमा रहेको बताएका छन् ।

    images

    शनिबार बिहान काठमाडौँमा जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृतिमा आज आयोजित कार्यक्रममा उनले युद्ध जारी रहेको बताएका हुन् ।

    “अहिले हामी रक्तपातहीन युद्धमा छौँ । युद्ध रोकिएको छैन,” उनले भने । प्रचण्डले सत्ता गठबन्धन जोगाउने अन्तिम कसरत गरिरहेको बताए ।

    एमसीसीको समस्या समाधान होस् र गठबन्धन पनि नटुटोस भनेर आफूहरु लागिपरेको पनि उनले बताए ।

    “गठबन्धन सजिलै नटुटोस् भनेर हामी लागिरहेका छौँ,” उनले भने,“एमसीसीको समस्या पनि समाधान होस्, गठबन्धन पनि नटुटोस भनेर छलफल भइराखेको छ । विकल्प खोजिरहेका छौँ ।”

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology