Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अपराधपूर्ण चिन्तन राख्ने ओली नेपाली राजनीतिको घाँडो हुन् : नेपाल

अपराधपूर्ण चिन्तन राख्ने ओली नेपाली राजनीतिको घाँडो हुन् : नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १४, २०७८ शनिवार • १२:३७:४२ बजे
  • 994
    SHARES
  • अपराधपूर्ण चिन्तन राख्ने ओली नेपाली राजनीतिको घाँडो  हुन्  : नेपाल

    नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अपराधपूर्ण चिन्तन राख्नेहरु नेपाली राजनीतिको घाँडो भएको बताएका छन् ।

    images

    शनिबार बिहान पार्टीनिकट प्रगतिशील प्राध्यापक संठन नेपालको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । विरोधीहरुलाई सिध्याउनुपर्छ भनेर लागेकाहरु नै सत्ता गठबन्धन जसरी पनि भत्काउन लागिपरेको उनको आरोप छ ।

    “पूर्वाग्रहपूर्ण सर्त अघि सारेर गठबन्धन भत्काउन थालिएको छ,” उनले भने,“सभामुखलाई सिध्याउनुपर्छ, माधव नेपालसहित १४ जनालाई सिध्याउनुपर्छ भन्ने अपराधपूर्ण चिन्तन राख्नेहरु कहाँबाट आए, नेपाली राजनीतिको घाँडो भए ।”

    उनले एमसीसी सम्झौता रहेका आपत्तिजनक प्रावधानहरु सच्याउनुपर्ने आफूहरुको अडान रहेकाले यथास्थितिमा पारित हुन नसक्ने दोहोर्‍याए । “अमेरिकी धम्कीले थप आशंका जन्मायो,” उनले भने,“अनुदामा धम्की हुन सक्दैन र अनुदानको नाममा बन्दी बन्न सकिन्न ।”

    असंलग्न परराष्ट्र नीति लिएको नेपाल कुनै पनि सैन्य संगठनमा सामेल हुन नसक्ने बताउँदै विशुद्ध आर्थिक सहायता स्वीकार गर्न कुनै आपत्ति नरहेको उनको भनाइ छ । एमसीसीलाई इन्डो प्यासेफिक रणनीतिको अंग बनाउने गरी केपी ओलीको सरकारले सम्झौता गरेको र आफूहरुले त्यो षड्यन्त्रलाई भत्काएको उनले दाबी गरे ।

    नेपालले भने,“एमसीसीलाई इन्डो प्यासेफिकको अंग बनाएको केपी ओलीको सरकारले हो । ओली सरकारका मन्त्री प्रदीप ज्ञवालीले यसको कागजमा सही गरिसकेपछि अहिले बाइडेनको सरकारले त्यसबाट नेपालको नाम काट्न लगाए । नत्र त केपी ओलीले सिध्याइसकेका थिए नेपाललाई ।”

    नेपाल कुनै पनि देशको सुरक्षा रणनीतिको अंब बन्न नसक्ने नेता नेपालले स्पष्ट पारे । छिमेकी राष्ट्रको सुरक्षामा आँच आउने गरी नेपालले कुनै पनि काम गर्न नसक्ने पनि उनको भनाइ थियो ।

  • सम्बन्धित विषय:

  • # नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology