Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एमसीसीकै कारण गठबन्धन टुट्ने खतरा बढ्यो : प्रचण्ड

एमसीसीकै कारण गठबन्धन टुट्ने खतरा बढ्यो : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १४, २०७८ शनिवार • १२:५८:२५ बजे
  • 772
    SHARES
  • एमसीसीकै कारण गठबन्धन टुट्ने खतरा बढ्यो : प्रचण्ड

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)कै कारण वर्तमान सत्ता गठबन्धन टुट्टने खतरा बढेको बताएका छन् ।

    images

    उनले आफूहरु प्रतिगमनकारी गठबन्धन अगाडि नआओस् भन्ने पक्षामा प्रयासरत रहेको र अन्तिम उपाय खोजिरहेको समेत बताए ।

    माओवादी सशस्त्र द्वन्द्वका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृति तथा सहित सप्ताहको स्मृतिमा आज पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले अहिले सत्ता गठबन्धन राष्ट्रियता, संविधान र लोकतन्त्र बचाउन बनेको दाबी गरे ।

    “एमसीसीको समस्या समाधान होस, गठबन्धन पनि नटुटोस् भन्ने कुनै उपाय छ कि भनेर अन्तिम प्रयास गरिरहेका छौँ ।

    नत्र एमसीसीकै कारण हामी हिजो जसलाई प्रतिगमनकारी भन्यौँ, जुन कदामलाई प्रतिक्रान्तिकारी भन्यौँ, जसको भण्डाफोर गरेर नयाँ गठबन्धनको जन्म भयो फेरि त्यहीँ शक्ति फर्किने खतरा छ,” उनले भने ।

    गठबन्धन र सरकार बनिसकेपछि पनि न्यूनतम साझा कार्यक्रममा कहीँ पनि एमसीसीको चर्चा नगरिएको उनको भनाइ छ । कार्यक्रममा प्रचण्डले सशस्त्र द्वन्द्का प्रथम सहिद रम्तेलको स्मृतिमा अक्षयकोष बनाउने घोषणासमेत गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology