Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

युक्रेनबाट नेपालले पाठ सिकौँ : नारायणकाजी श्रेष्ठ

युक्रेनबाट नेपालले पाठ सिकौँ : नारायणकाजी श्रेष्ठ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १४, २०७८ शनिवार • १८:४१:५६ बजे
  • 1.2K
    SHARES
  • युक्रेनबाट नेपालले पाठ सिकौँ : नारायणकाजी श्रेष्ठ

    नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपालले आफ्नो भूराजनीतिक संवेदनशीलतालाई ध्यान दिँदै युक्रेनको घटनाबाट शिक्षा लिनुपर्ने बताएका छन् ।

    images

    यस प्रकरणमा अमेरिकाले युक्रेनको छिमेकी रुसबिरुद्ध युक्रेनलाई प्रयोग गर्न खोज्दा र युक्रेन त्यो भूमिकाको निम्ति तयार हुँदा आजको यो आक्रमण, युद्ध र अस्तित्व विसर्जनको दुःखद घटना उत्पन्न भएको नेता श्रेष्ठको भनाइ छ ।

    श्रेष्ठले युक्रेन घटनाबाट कुनै पनि शक्ति राष्ट्रले आफ्नो रणनीतिक स्वार्थका लागि अर्को राष्ट्रलाई प्रयोग गर्न खोज्दा र त्यसलाई स्वीकार गर्दा साना राष्ट्रको अस्तित्व नै गुम्ने खतरा उत्पन्न हुन सक्ने रहेछ भन्ने शिक्षा प्राप्त भएको बताएका छन् ।

    सामाजिक सञ्जालमा श्रेष्ठले लेखेका छन्, 'रुसले युक्रेनमाथि गरेको आक्रमण र अतिक्रमणको हामी तीव्र भर्त्सना गर्दछौँ ।

    युक्रेनको राष्ट्रिय सार्वभौमिकता,भौगोलिक अखण्डता र आत्मनिर्णयको सम्मान गर्न र आक्रमण अन्त्य गरी युक्रेनबाट फिर्ता हुन रुससँग माग गर्दछौँ । सार्वभौमिक समानता र विश्व शान्तिको पक्षमा उभिन सबैसँग अपिल गर्दछौँ।'

  • सम्बन्धित विषय:

  • # नारायणकाजी श्रेष्ठ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology