Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

माओवादी केन्द्र र नेकपा एस एमसीसी अनुमोदनमा कांग्रेसलाई सघाउनेबारे सकारात्मक

माओवादी केन्द्र र नेकपा एस एमसीसी अनुमोदनमा कांग्रेसलाई सघाउनेबारे सकारात्मक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १४, २०७८ शनिवार • २१:२४:१६ बजे
  • 463
    SHARES
  • माओवादी केन्द्र र नेकपा एस एमसीसी अनुमोदनमा कांग्रेसलाई सघाउनेबारे सकारात्मक

    नेपाली कांग्रेसले नेकपा एमालेसँग सहकार्य गरेर एमसीसी पास गर्ने रणनीति लिएपछि नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसी अनुमोदनमा कांग्रेसलाई सघाउनेबारे सकारात्मक भएका छन् ।

    images

    कांग्रेसले सत्ता गठबन्धन तोडेर एमालेसँग सहकार्य गर्ने भएपछि नेकपा माओवादी केन्द्र र नेकपा एस एमसीसी अनुमोदनमा सघाउन तयार भएका हुन् ।

    एमसीसीका सन्दर्भमा कतिपय अस्पष्ट विषय संसदमा एकपक्षीय घोषणबाट संकल्प प्रस्ताव पारित गर्दै एमसीसी अनुमोदन गर्ने र गठबन्धन जोगाउनेबारे माओवादी र एकीकृत समाजवादीबीच छलफल भएको नेताहरुको भनाई छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन नटुट्ने बताएका छन् ।

    अध्यक्ष प्रचण्डले सिंहदरवारमा नेकपा एसका शीर्ष नेतासँग छलफल पछि गठबन्धन नटुट्ने र एमसीसी पनि सहमतिकै बाटोबाट अघि बढ्ने बताए ।

    पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने- ‘समस्याको समाधान हुन्छ । गठबन्धन टुट्दैन । एमसीसी पनि सहमतिको बाटोबाटै अघि बढ्छ ।’

    ओली प्रतिगमनविरुद्ध गठबन्धन गरेर सरकारमा भएकाहरू एमसीसीको पक्ष वा विपक्ष भएर पालैपालो उनै ओलीको शरण पर्नजानुले राजनीतिक नैतिकताको कसीमा रसातलमा पुगिसकेको एमालेको राजनीतिक भूमिकालाई नै उचो बनाइदिएको छ ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology