Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

युक्रेनलाई अमेरिकाको ३५ करोड डलरको सैन्य सहयोग

युक्रेनलाई अमेरिकाको ३५ करोड डलरको सैन्य सहयोग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १५, २०७८ आइतवार • १२:०९:२० बजे
  • 820
    SHARES
  • युक्रेनलाई अमेरिकाको ३५ करोड डलरको सैन्य सहयोग

    एजेन्सी । अमेरिकाले युक्रेनलाई ३५ करोड डलर बराबरको सैन्य सहयोग उपलब्ध गराउने भएको छ । राष्ट्रपति जो बाइडेनले रुसी आक्रमणविरुद्ध लड्न सो रकम बराबरको सैन्य सहायता स्वीकृत गरेका हुन् ।

    images

    विदेश सहायता ऐनमार्फत विनियोजन गरिएको ३५ करोड डलर युक्रेनको सुरक्षाका लागि छुट्टयाउन राष्ट्रपति बाइडेनले विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई निर्देशन दिएका छन् ।

    रुससँग भुक्दैनौः जेलेन्स्किी

    यसैबीच, युक्रेनी सैनिकहरूले राजधानीमा रुसी हमलाको प्रतिकार गरेको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनासमक्ष कुनै हालतमा नझुक्ने बताएका छन् ।

    रुसले सैन्य अखडामा मात्र निशाना बनाएको दाबी गरेपनि युद्धमा ठूलो संख्यामा सर्वसाधारण हताहत भएको प्राप्त विवरणहरुमा जनाइएको छ ।

    शनिबार किभ सहरको दक्षिण पश्चिम क्षेत्रबहिरको एउटा अग्लो आवासीय भवनमा रुसी सेनाले मिसाइल हमला गरेको त्यहाँका मेयरले बताएका छन् । मिसाइलबाट अपार्टमेन्टमा क्षति भएको छ । क्षतिग्रस्त अपार्टमेन्टनजिक दुई विमानस्थल पर्छन् । मिसाइल हमलामा कम्तिमा ६ सर्वसाधरण घाइते भएका छन् ।

    यसैबीच, रुसी हमलाका कारण १ लाख २० हजार युक्रेनी नागरिक विस्थापित भएको राष्ट्रसंघले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # युक्रेनलाई अमेरिका
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology