Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

युक्रेनको दोस्रो ठूलो सहर खार्किभ पस्यो रुसी सेना

युक्रेनको दोस्रो ठूलो सहर खार्किभ पस्यो रुसी सेना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १५, २०७८ आइतवार • १४:२४:२४ बजे
  • 571
    SHARES
  • युक्रेनको दोस्रो ठूलो सहर खार्किभ पस्यो रुसी सेना

    मस्को । रुसी सेना युक्रेनको दोस्रो ठूलो सहर खार्किभ प्रवेश गरेको छ ।

    images

    सेना खार्किभ छिरेपछि स्थानीयलाई घरभित्रै बस्न भनिएको छ । यसअघि रुसी सैन्य गाडी खार्किभको सडकमा गुडेका भिडियो सार्वजनिक भएका थिए ।

    खार्किभ क्षेत्रीय प्रशासनका प्रमुख ओलेग सिनेगुबोभले रुसी सैन्य हतियारसहित छिरेको बताए । ‘आफ्नो वासस्थान नछोठ्नुहोस् । युक्रेनको सशस्त्र सेनाले शत्रुलाई पराजित गर्दै छन्,’ उनले भनेका छन् ।

    राजधानी किभ ढाल्ने प्रयास बिफल भएपछि रुसी फौज खार्किभ प्रवेश गरेका हुन् । आइतबार सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोमा रुसी सेना पूर्वीयुक्रेनमा रहेको खार्किभतर्फ बढिरहेको देखिन्छ ।

    एउटा नाटकीय क्लिपमा रुसीहरू बिस्तारै सडकमा अगाडि बढ्दै गोली हानेको देख्न सकिन्छ । अनलाइनमा सेयर गरिएको अर्को भिडियो क्लिपमा रुसी फौजको भनिएको एउटा गाडीमा आगो लागेको देख्न देखिन्छ ।

    आफ्नो सहर रक्षा गर्न चाहने युक्रेनले गाडीमा आगो लगाएको स्थानीयले जनाएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology